एजेन्सी । म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ ।
म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट सङ्कलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसङ्घीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंसालगायत अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ ।
प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यान्माका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको उल्लेख छ । आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।
संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका सामग्री प्रतिवेदनमा समावेश गरिएका छन् ।
महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यान्मामा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ साउन २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्मारमा सैनिकको हवाई आक्रमणबाट ११ सर्वसाधारणको मृत्यु
म्यान्मारको सेनाले भन्यो– जुन्टा प्रमुखलाई हिरासतमा लिइएको भन्ने प्रचार अफवाह मात्रै