प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बाबुराम

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १७ : ३२
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बाबुराम

काठमाडौं  । नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिए।भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन्।

दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत समसामयिक राजनीतिबारे छलफल हुँदैछ।

केही समयअघि जनता समाजवादी पार्टी जसपामा कारवाहीमा परेपछि नयाँ राजनीतिक दल नेपाल समाजवादी केन्द्र खोलेका भट्टराईले चुनावको मिति घोषणा भएसँगै चुनावी तालमेलबारे उच्चस्तरीय भेटघाट गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस