फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा देखिँदै धुर्मुस

सफल खबर संवाददाता

मंगलबार, ०८ असोज २०८१, १२ : ४९
फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा देखिँदै धुर्मुस

file Photo

काठमाडौँ । केही अगाडि स्टेज कार्यक्रम र सानो पर्दा अभिनयमा फर्किएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा  फर्किएका हुन् । 

फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ । २०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए ।

‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ ।

फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्नेछ । फिल्म ‘सक्किगोनि’ समूह मिलेर निर्माण गर्न लागेको हो । 

 

प्रतिक्रिया दिनुहोस