दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ टिजर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १७ : २०
दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ टिजर सार्वजनिक

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई र सौगात मल्ललगायतका कलाकारको मूख्य भूमिका रहेको फिल्मको टिजर मंगलबार सार्वजनिक भएको छ।फिल्मको टिजरमा मुख्य कलाकारका रुपमा रहेका सौगात र दयाहाङसँगै अभिनेता बुद्धि तामाङ, उग्येन चोदेन, उपासना सिंहलगायतका कलाकारलाई फिचर्ड गरिएको छ।

टिजरको सुरुवातमा अभिनेता दयाहाङ र सौगातलाई बन्दुक चलाइरहेके देखिन्छ। अभिनेत्रीद्वय उग्येन र उपासना फिल्ममा दयाहाङ र सौगातको साथमा रहेको टिजरबाट झलक पाइन्छ ।

सामाजिक कथावस्तुमा बनेको फिल्मको निर्देशनसँगै लेखन पनि लामाले नै गरेका हुन्। फिल्मलाई दिपक मनांगे, अमला देवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको छ । रेड बर्ड प्रोडक्सनको ब्यानरमा फिलमलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।

फिल्ममा थप कलाकारका रुपमा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ। सुसन प्रजापतीले खिचेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन तथा कुनल कुँवरले रंग संयोजन गरेका छन्। 

प्रतिक्रिया दिनुहोस