कन्टेनरभित्र एक पुरुषको शव भेटियो

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : १४
कन्टेनरभित्र एक पुरुषको शव भेटियो

काठमाडौं  ।  मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ । ना ३ ख ४७४३ नं को ट्रक कन्टेरभित्र मंगलवार बिहान एक पुरुषको शव भेटिएको हो । 

अन्दाजी ३०/३५ वर्षको पुरुषको शव ट्रकभित्र फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर केही दिनदेखि त्यहाँ रोकेर राखिएको थियो । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको टोली पुगेर थप घटनाको अनुसन्धान शुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस