नेशनल हाइड्रोपावरले डाक्यो साधारणसभा

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, ११ : ३७
नेशनल हाइड्रोपावरले डाक्यो साधारणसभा

काठमाडौं । नेशनल हाइड्रोपावरले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीको विशेष साधारण सभा भाद्र १० गते बालुवाटार डेलिस ओपोरो रेष्ट्रो बिहान ११ बजे बाट सुरु हुनेछ ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने छ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी वृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस