देशभरका नायब सुब्बाले आज मंगलबार आन्दाेलन गर्ने

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, ११ : ३०
देशभरका नायब सुब्बाले आज मंगलबार आन्दाेलन गर्ने

काठमाडौं  ।  तलब फरक भएकाे भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दाेलन गर्ने भएका छन्।

सरकारले असमान रूपमा सरकारी कर्मचारीकाे तलबमान बढाएको भन्दै विराेध गरिरहेका नासुहरू आज संयुक्तक रूवमा बिदामा बस्ने घोषणा गरेका हुन्।यस आर्थिक वर्षको बजेटमा घोषणा भएअनुसार तलब नबढाएको उनीहरूको आरोप छ।

नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुले सोमबारदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि धर्ना थालेका थिए।नेपाल निजामती कर्मचारी संगठनले यसअघि विज्ञप्ति जारी गरी मन्त्रालयको नयाँ तलबमानमा असन्तुष्टि पोखेको थियो।

प्रतिक्रिया दिनुहोस