गाजामा इजरायली हवाई आक्रमण, २४ जनाको मृत्यु, ३ सय बढी घाइते

एजेन्सी

आइतबार, २२ साउन २०७९, ०८ : ०२
गाजामा इजरायली हवाई आक्रमण, २४ जनाको मृत्यु, ३ सय बढी घाइते

एजेन्सी । प्यालेस्टाइनमा इजरायली हवाई हमलामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२५ जना घाइते भएका छन्। इजरायली हवाई आक्रमणको दुई दिनमा २४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा छ बालबालिकासमेत रहेका छन्।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। यता इजरायलले प्यालेस्टाइनले शुक्रबारदेखि इजरायलमा करिब ३०० हवाई हमला गरेको आरोप लगाएको छ।

सन् २०२१ को मे महिनामा इजरायल र प्यालेस्टाइनबीच ११ दिनसम्म संघर्ष हुँदा २०० भन्दा बढी प्यालेस्टाइन र दर्जन इजरायली नागरिकको ज्यान गएको थियो।