रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्बन्धमा दरार

एजेन्सी

शनिबार, २१ साउन २०७९, १३ : २७
रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्बन्धमा दरार

एजेन्सी । मस्को र रुस र बुल्गेरिया बीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएसँगै तनाब बढेको हो ।

रुसी विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूतलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । 

निष्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए ।  बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरूलाई देश निकाला गरेकाले जबाफमा रुसको पछिल्लो कदम आएको हो । युक्रेन युद्धपछि रुस( बुल्गेरिया कूटनीतिक सम्बन्धमा दरार आएको विज्ञहरुले बताएका छन् ।