जिल्लाको बुकीमा यार्चा सकलनसँगै विक्री पनि शुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी आएका छन् ।
४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए । बुकीमा प्रतिगोडा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए ।
५ सयदेखि ५५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोवार भइरहेको रहेछ, उनले भने, हामीले प्रतिगोटा ६५० रुपैयाँ तिरेर एकमुष्ट ठुलो मात्रामा यार्चा खरिद गरेका थिए ।
धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म सकलन गर्दारहेन्, उनले भने ।,आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ जेठ २०७५, ०७ : २४
लेखकबाट थप