एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले प्रधानमन्त्री शहबाज सरिफ र उनको मन्त्रिपरिषद्लाई बर्खास्त गर्न उच्च अदालतमा निवेदन दिएका छन् ।
पीटीआईका वरिष्ठ नेता आन्दलीब अब्बास र हसन नियाजीले दायर गरेको निवेदनमा प्रधानमन्त्री शहबाज र उनका प्रमुख सचिवलाई सम्पत्ति शुद्धीकरण मुद्दालाई उठाइएको छ ।
प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सक्रिय भए पनि उनी र उनको मन्त्रिपरिषद्का सदस्यले मुद्दामा घोषित अपराधीहरूलाई भेट्न लन्डन भ्रमण गरेको, जुन गरे, जुन कानुनको प्रष्ट उल्लङ्घन भएको निवेदनमा दाबी गरिएको छ ।
प्रधानमन्त्री शहबाजले लन्डन भ्रमणमा पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भेटेको र जारी राजनीतिक, संवैधानिक र आर्थिक समस्याबाट आफ्नो पार्टीलाई अगाडि बढाउन सल्लाह मागेको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ साउन २०७९, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते