भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक चालक पक्राउ

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ०८ : ००
भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक चालक पक्राउ

विराटनगर । तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र१–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा छ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय विवेक राई चालक रहेको ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । गाडीमा बन्दाकोभीका बोरा मुनी छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको हो । 

प्रहरीले चेकजाँचपछि गाँजा भेटिएको मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस