हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।
खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौंडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । हेटौँडामा खानेपानी बोर्ड अन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए ।
उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ ।
हाल बोर्डले उपमहानगरपालिका अन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ साउन २०७९, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौंडा–चित्लाङ–चन्द्रागिरि सडक खण्डमा चल्न थाले गाडी
हेटौँडा-काठमाडौँ- दक्षिणकाली सडक खुल्यो