एचआईभीको औषधि सहज रूपमा उपलब्ध गराउन माग

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, २० : १८
एचआईभीको औषधि सहज रूपमा उपलब्ध गराउन माग

काठमाडौँ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले सहज रूपमा औषधि उपलब्ध गराउन माग गरेको छ। महासंघको टोलीले बुधबार राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रलाई ज्ञापनपत्र बुझाएर सहज रूपमा औषधि उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो।

महासंघका अध्यक्ष खगेन्द्र खड्का नेतृत्वको टोलीले सरकारी लापरवाहीले सङ्क्रमितको ज्यानसमेत गइरहेको जनाउँदै ध्यानाकर्षण गराएको हो। सङ्क्रमितहरूले खाने एआरभी वितरणमा केन्द्रले नै अवरोध गरिरहेको उनीहरूको भनाइ छ। जसले गर्दा केही जिल्लामा औषधि नपुगेको र सङ्क्रमितले औषधि खान नपाएको महासंघले जनाएको छ।

त्यस्तै, कास्की र सुनसरीमा हेपाटाइटिस–सी भएका सङ्क्रमितको उपचार गर्ने तयारी भएको थियो। तर, केन्द्रकै लापरवाहीले समयमै औषधि नपाउँदा दुई जनाको ज्यान गएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस