काठमाडौं । सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो ।
कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको हो ।
यो अवधिमै सरकारले एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका लागि सवारी, निजामतीका चालक र इन्धनबापतको मासिक रकम दिने निर्णण् मन्त्रिपरिषदबाट अनुमोदन गराएको छ । आजको कारोबारको दोस्रो पृष्ठमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ जेठ २०७५, ०८ : ०५
लेखकबाट थप