काठमाडौँ । पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन्।
कास्की प्रहरीका अनुसार आज बिहान ११ः३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए।
उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो। सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा घटनाः बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ
पोखरा-मुग्लिन आयोजना : पोखरा-जामुने खण्डमा २८ किमि कालोपत्र
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रबि लामिछाने पक्राउको बिरोधमा पोखरामा प्रदर्शन
शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने