मुगु। मुगुमा शिशुको शव फेला परेको छ । सदरमुकाम गमगढी बजार नजिकै छायानाथ रारा नगरपालिका-२ ट्राफिक प्रहरी कार्यालय नजिकै मृत अवस्थामा शिशुको शव फेला परेको हो ।
अपराह्न ४ बजे तिर बेवारिसे शिशुलाई कुकुरले च्यापेर ल्याएको स्थानीले देखेपछि त्यस लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रहरीका अनुसार मृत शिशुलाई कुकुरले घटना भएको स्थलबाट मुखमा च्यापेर ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शिशुको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ठिनिमा राखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुवास हमालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहरमा नवजात शिशुको शव भेटियो
धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो
ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव
केएमसीमा ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया
एचआइभी सङ्क्रमितको शल्यक्रियामार्फत शिशु
चिसो सुरु हुँदै : चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?