एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजीनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले जनाएको छ ।
जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ । ‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन्। उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्छन्,’ क्रुडासलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ।
बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भइसकेको छ । कन्जरभेटिभको संसदीय दलमा निर्वाचित नेता प्रधानमन्त्री बन्न सक्छन् । सेप्टेम्बरको पहिलो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० साउन २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते