सशस्त्रका २३८ जना डिएसपीको सरुवा

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, २१ : २७
सशस्त्रका २३८ जना डिएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका २३८ जना डिएसपी हरुलाई सरुवा गरिएका छ । सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखमा सरुवा गरिएको छ । २७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएका छन् । १७ वटा आश्रित गुल्म (अस्थायी) मा  डिएसपीहरुको काज सरुवा गरिएको छ ।

आश्रित गुल्ममा पनि सवै सिनियर अधिकृतहरूलाई काज खटाएको छ । जुनियर अधिकृतहरूलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्वी नवलपरासीस्थित ३१ नम्बर गुल्ममा बिनोद खतिवडालाई सरुवा गरिएको छ । ३५ नम्बर गुल्म पाल्पामा उद्धव पुन, २९ नम्बर गुल्म गोरखामा सुजित विष्ट, १९ नम्बर गण नुवाकोटका उत्तम पुडासैनी र ५० नम्बर गुल्म दार्चुलामा ईश्वरीदत्त भट्टलाई सरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस