चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

सफल खबर संवाददाता

सोमबार, ०९ साउन २०७९, २० : ५८
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस