चितवन । भरतपुर अस्पतालले आजदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकट वापतको शुल्क नलिने भएको हो । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार अस्पतालले लिंदै आएको ३० रुपैयाँ शुल्क आजदेखि नलिने निर्णय गरिएको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताए । उनले भने , आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उनको भनाई छ । अस्पतालमा दैनिक १ हजार ५०० हाराहारी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ साउन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट
चितवनमा चिसोका बिरामी बढे, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु, भीड व्यवस्थापन सहज
भरतपुर अस्पतालमा शल्यक्रियाका क्रममा महिला मृत्यु प्रकरण : ९ सदस्यीय छानविन समिति गठन
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एकजनाको मृत्यु
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड