गुप्तचरले थाल्यो फोन ट्यापिङ

पत्रपत्रिकाबाट

शनिबार, ०७ साउन २०७९, ०७ : १३
गुप्तचरले थाल्यो फोन ट्यापिङ

काठमाडौं । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ।

 केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको हो ।अनुसन्धान विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार दुई महिनायता सो मेसिन सक्रिय छ।

भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउनेजाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ सुरु गरिएको स्रोतले जनाएको छ। फोन ट्यापिङसम्बन्धी कानुन नबनेको अवस्थामा विभागले यसलाई औपचारिक रूपमा प्रयोग गर्न भने पाएको छैन । बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस