काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन १ असोजमा काठमाडौंमा हुने भएको छ। नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माका अनुसार नेकपाका ९औं महाधिवेशन १ असाेजमा काठमाडौंमा आयोजना गर्न लागिएको हो।
‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं, अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं’ भन्ने मुल नारासहित सो महाधिवेशन आयोजना हुन लागेको हो।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वबाट अलग्गिएर मोहन वैद्यको नेतृत्वमा समाहित भएका विप्लव सो पार्टीबाट पनि अलग्गिएर नेकपा गठन गरेर राजनीतिमा सक्रिय छन्। दुई वर्षअघि शान्ति प्रक्रियामा आएको विप्लव समूहले पहिलो पटक काठमाडौंमा पार्टी महाधिवेशन गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय