शनिबार सर्लाही जाँदै प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, ११ : ५६
शनिबार सर्लाही जाँदै प्रचण्ड

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सर्लाही जाने भएका छन्। शनिबार सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारमा आयोजना हुने जनसभामा सहभागी हुन प्रचण्ड सर्लाही जान लागेका हुन्।

कार्यक्रममा नेता नारयणकाजी श्रेष्ठ पनि सहभागी हुँदै छन्। प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा गर्ने तयारी भइरहँदा राजनीतिक दलहरुले सभाहरुको आयोजना थालेका छन्।

प्रतिक्रिया दिनुहोस