कृषिमन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

रासस

विहीबार, ०५ साउन २०७९, १९ : ११
कृषिमन्त्री यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा बिहीबार भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र उखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस