चितवन । भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले देवघाटमा लाग्ने बोलबम मेलाको उद्धघाटन गरेका छन । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा आयोजना गरेको बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले मेलाको उद्धघाटन गरेका हुन । कोरोनाका कारण २ वर्ष देखि रोकिएको मेला यस पटक सुरु भएको हो । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा ३० फिट अग्लो अष्ठधातुुको भगवान शिवको मुर्ति निर्माण गरिरहेको छ । सो अवसरमा उपप्रमुख चित्रशेन अधिकारीले बिश्वमै नभएको ३० फिट अग्लो भगवान शिवको मुर्ति निर्माण कार्यको निरिक्षण गरे ।
उनले निर्माणाधिन रहेको मुर्तिको निरिक्षण संगै यसलाई निर्माण कार्य पुरा गर्न आवस्यक आर्थीक सहयोग देखी अन्य कुरामा समन्वय गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा भरतपुर महानगर उपप्रमुख अधिकारी, वडा नम्वर १ का अध्यक्ष केशव मर्हजन, वडा सदस्य राजु गुरुङ लाई कदर पत्रले सम्मान गरिएको थियो । नेपाल सरकारका पुर्व प्रधानन्यायाधिश महन्त, दामोदर शर्माको हातबाट सम्मान गरिएको हो ।
समितिले गुरुयोजना निर्माण गरी करिव ६ करोडको लागतमा देवघाटमा धर्मशाला,पार्क सहित निकै आक्रषक भगवान शिवको ३० फिट अग्लो मुर्ति निर्माण थालेको छ ।
कार्यक्रममा बोल्दै वडा नम्वर १ का वडा अध्यक्ष मर्हजनले आफुले वडाबाट के कति बजेट बिनियोजन गर्न सकिन्छ त्यस तर्फ ध्यान दिने र आवस्यक सहयोग र समन्वय गर्ने बताए ।
कार्यक्रममा दाताहरुले आर्थीक सहयोगको घोषणा समेत गरेका थिए । सौराह निवासी गणेश बहादुर रिमाल र पार्वति रिमालले १ लाख १ हजार सहयोग गरेका थिए । त्यस्तै रत्ननगर १ निवासी भुतपुर्व सैनिक कर्ण बहादुर क्षेत्री र उनकी धर्म पत्नि धनकुमारी पौडेलले ५१ हजार नगद सहयोग गरेका थिए । त्यस्तै नरबहादुर क्षेत्रीले ५ हजार सहयोग गरेका थिए भने अरु दाताहरुले दानपेटिकामा रकम हालेर सहयोग गरेका थिए ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन बाबु घिमिरे, संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र कुमार पिया, बिश्व शान्ति महायज्ञका संरक्षक तथा त्रिभुवन बिश्वबिद्यालय सामाजिक कार्य बिभाग प्रमुख लक्षुमण सुबेदी, लगायतले यो राम्रो र पुण्य काम भएकाले यसलाई सफल बनाउन सबै जुट्नु पर्ने बताएका थिए ।
अष्टधातुको शिवको मुर्ति ढलानकोे काम करिव ९० प्रतिसत सकिएको र अब निर्माण स्थलमा काम पुरा भएपछि मुर्ति खडा गर्ने काम बाँकी रहेको समितिका अध्यक्ष ढुन्डिराज सिलवालले बताए ।
मुर्तिको बाकी काम गर्नका लागि आर्थीक अभाव भएकाले सबैले जति सकिन्छ सहयोग गरी त्यसलाई पुर्णता बनाउने अभियानमा सहयोग गर्न सिलवालको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
सोमबार, ०२ साउन २०७९, १३ : ५८
लेखकबाट थप