दैलेखैं । कर्मचारी हटाइएको विषयमा चर्किएको आन्दोलनका क्रममा दैलेखमा गोली चलेको छ । जिल्लाको गुराँस गाउँपालिकाले करारका कर्मचारी हटाएको भन्दै विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।
स्थानीय तोडफोडमा उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान
दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु
दैलेखमा पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो