काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत जानेभएपछि त्यो अगावै सहमती जुटाउन गठबन्धनको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ । सरकारले आज शुक्रबार दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।
हिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् । सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३१ असार २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्तारुढ गठबन्धनको बैठक किन भयो स्थगित ?
सत्तारुढ गठबन्धनको बैठक बस्दै