सामाजिक सुरक्षा संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १५ : ५४
सामाजिक सुरक्षा संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरूलाई आग्रह गरेका छन ।

राष्ट्रियसभा बैठकमा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा विधेयक अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने बताए ।

 उनले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे। गृहमन्त्री खाँणले विधेयकमा अपाङ्गता भएका व्यक्तिहरूको बारेमा सांसदहरूले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गरे।

गृहमन्त्री खाँणले सरकारले तलब र पेन्सन लिइरहेकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन नपाउने व्यवस्था कायमै राखेको पनि बताए।

प्रतिक्रिया दिनुहोस