रसुवा । जिल्लाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पुर्याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ ।
भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ उपचार सेवा प्रभावकारी बनाउन एम्बुलेन्सले मद्दत पुग्ने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा