तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ ।
बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो । पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ असार २०७९, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
पहिरो खसेपछि फेरि रोकियो मेची राजमार्गको मर्मतसम्भार
अझै अवरुद्ध यी मुख्य राजमार्ग (सूचीसहित)
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध