जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।
गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।
उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
पहिरो खसेपछि फेरि रोकियो मेची राजमार्गको मर्मतसम्भार
अझै अवरुद्ध यी मुख्य राजमार्ग (सूचीसहित)
कर्णाली राजमार्ग अवरुद्ध