नागरिकता विधेयकमा देखिएको समस्या समाधानका लागि नै फिर्ता लिएर नयाँ विधेयक ल्याउन लागिएको : गृहमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १६ : २५
नागरिकता विधेयकमा देखिएको समस्या समाधानका लागि नै फिर्ता लिएर नयाँ विधेयक ल्याउन लागिएको : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा देखिएको समस्या समाधानका लागि नै फिर्ता लिएर नयाँ विधेयक ल्याउन लागिएको बताएका छन्।

संसद्‍मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा शुक्रबार उनले यस्तो बताएका हुन्। ‘आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट नै नयाँ विधेयक प्रस्तुत गर्ने निर्णय गर्छ,’ उनले भने, ‘सबै सांसदहरुले उठाएका जिज्ञासासमेत सम्बोधन गर्ने गरी विधेयक आउँछ।

’सार्थक प्रयत्नका लागि विधेयक फिर्ता लिने निर्णय भएको भन्दै उनले तत्कालै अर्को विधेयक आउने बताए। उनले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफलका आधारमा नै विधेयक फिर्ता लिएको बताए।

प्रतिक्रिया दिनुहोस