काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोलिटब्युरो सदस्यको संख्या १५६ पुर्याउने प्रस्ताव गरेका छन् । एक घण्टापछि सुरु भएको बैठकमा उनले ३१ जना वैकल्पिक पालिटब्युरो सदस्य थप्न सकिने प्रस्ताव गरेका हुन् ।
यसअघि आजै प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो बनाउने प्रस्ताव गरेका थिए । तर, सदस्यहरूको नाममा विवाद भएपछि बैठक एक घण्टा रोकिएको थियो । “समस्या बल्झाउने होइन सक्नेतिर लागौँ,” बैठकमा प्रचण्डले भने, “वैकल्पिक ३१ थपेर १५६ को बनाउन सकिन्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १६ : ५७
लेखकबाट थप