काठमाडौँ। माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईंले एमालेले अर्थमन्त्रीको विषयलाई संसद्मा अपराधिकरण शब्द प्रयोग गरेकाले रेकर्डबाट हटाउन माग गरेकी छन्। प्रतिनिधि सभामा बिहीबारको बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले यस्तो माग गरेकी हुन्।
‘आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रीमाथि केही प्रश्न उठे, जसलई सम्बोधन गर्नका लागि संसद्ले छानबिन समिति बनाएको छ,’ उनले भनिन्, ‘तर, संसद्ले छानबिन समिति बनाएपपछि उक्त विषयलाई अपराधिकरण गर्ने कुरा आपत्तिजनक रहेको छ। यो संसदीय मर्यादाभित्र पर्दैन। जसरी हिजो प्रतिपक्षीका सांसदले बोल्ने क्रममा छानबिन समितिले छानबिन गर्नुपूर्व अपराधिकरण गर्ने काम भयो, त्यसलाई संसदीय रेर्कडबाट हटाइयोस्।’
बुधबारको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै एमाले संसद योगेशकुमार भट्टराईले अर्थमन्त्रीको हर्कतलाई अपराधिकरणको संज्ञा दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १५ : ३६
लेखकबाट थप