काठमाडौँ। नेकपा एमालेकी सांसद नवीना लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेकी छिन् ।बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई सहभागी गराएको विषयमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको जिकिर गर्दै उनले राजीनामा दिन माग गरेकी हुन् ।
सोही आरोपमा अर्थमन्त्री जनार्दन शर्माले बुधवार राजीनामा दिएका थिए ।बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद लामाले भनिन्, ‘प्रधानमन्त्रीबाट राजीनामा दिन शेरबहादुर देउवालाई आग्रह गर्दछु ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १५ : २६
लेखकबाट थप