सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ ।आफना माग सम्बोधन गर्नका लागि पटक पटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको अवस्था पुनः बैठक आब्हान गरिएको हो ।
गत माघमा भएको ७ बुदेँ सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यबिद्यी नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ ।
तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अबरुद्ध हुने एमालेले चेतावनी दिएको छ । पटक पटक सर्वदलीय बैठकवाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्बदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन । त्यसका लागि अपरान्ह सर्बदलीय बैठकवाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी
एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी
एमाले बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय समिति बैठक आज, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने