काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो ।
मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको हो । सोही अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । बुढीगंगामा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
एक घण्टा बाँकी रहँदा ६१ प्रतिशत मतदान
मधेसमा उपनिर्वाचन : दुई बजेसम्म ५७ प्रतिशत मतदान
रुकुम पश्चिममा उपनिर्वाचन : सानीभेरी गाउँपालिका–५ मा ९५० मत खस्यो
हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान
पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो