काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक बुधबार पनि स्थगित भएको छ । अर्को बैठक बिहीबारका लागि तय गरिएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको हो ।
पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो । मङ्गलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेका थिए ।
पार्टीको नेतृत्व तह संसद्मा सहभागी हुनुपर्ने भएकाले बुधबार बैठक स्थगित भएको पूर्वस्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए । उनले भने, “बैठकको तयारी नपुगेर होइन नेतृत्व संसद्मा जानुपर्ने भएकाले हो, पदाधिकारीको प्रस्ताव बिहीबार अध्यक्षले गर्नुहुन्छ, बिहीबारको बैठकबाट सबै टुङ्गिन्छ ।”
प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बुधबार प्रचण्डले जवाफ दिने र पदाधिकारी, स्थायी, पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने कार्यक्रम थियो । केन्द्रीय समितिको बैठक बिहीबार ११ बजे बस्ने छ । माओवादी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ र २० गते सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन