काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा घोषणा गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले सार्वजनिक भएको विवादमा आफू दोषी नभएको भए पनि संसदीय छानबिन समितिलाई सघाउन राजीनामा दिएको बताए।
रोस्ट्रमबाट राजीनामा गरेर फ्लोरमा पुगेका उनले प्रचण्डसँग कानेखुसी गरेका थिए। उनीहरुबीच थोरै समय कुराकानी भएको प्रतिनिधि सभाको प्रत्यक्ष प्रशारणमा देखिएको थियो।त्यसपछि आफ्नो सिटमा नबसी उनी सदनबाट बाहिरिएका थिए।शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप छ। उनीमाथि छानबिनका लागि प्रतिनिधि सभाको बुधबारको बैठकमा ११ सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, १६ : ४९
लेखकबाट थप