अर्थमन्त्री विवाद

अर्थमन्त्री विवादबारे माओवादीको तयारी : एमालेसँग छलफल,  उता एमालेको तयारी, आज संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, ११ : ५२
अर्थमन्त्री विवादबारे माओवादीको तयारी : एमालेसँग छलफल,  उता एमालेको तयारी, आज संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका प्रश्नबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ। 

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास (खुमलटार) मा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने निर्णय गरेको हो। 

‘आजको बैठकमा पनि अर्थमन्त्रीबारे प्रश्न उठेको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘संसद बैठक बस्दै छ, त्यसपछि एमालेसँग यो विवादबारे छलफल हुन्छ।’ एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेको छ।

यता अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने बताएपनि नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । 

‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’

प्रतिक्रिया दिनुहोस