गठबन्धनको सरकारले मुलुकमा अति नै गरिसकेको टिप्पणी : ओली

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १३ : ५४
गठबन्धनको सरकारले मुलुकमा अति नै गरिसकेको टिप्पणी : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले मुलुकमा अति नै गरिसकेको टिप्पणी गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले राष्ट्रिय एकता कायम गरेर सुशासन र विकास गर्दै गर्दा  कांग्रेस एकजना सांसदले ‘इनफ इज इनफ’ भनेको स्मरण गरे। 

ओली नेतृत्वको सरकारको बेलामा कांग्रेस सांसद गगन थापाले ‘इनफ इज इनफ’ भनेका थिए। त्यसलाई कटाक्ष गर्दै उनले भने, ‘इनफ इज इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनु पर्‍यो। अब चाहिँ अति नै भयो। हामीले सञ्चालन गर्दा सरकार ठीकठाक चलिरहेकै थियो।’ 

सत्तापक्षका मन्त्री र नेताहरुले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको आरोप लगाए। उनले आफ्नो पालामा एसपिपी सम्झौता अघि बढेको भनेर सत्ता पक्षले लगाएको आरोप भ्रामक भएको भन्दै प्रधानमन्त्रीलाई सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस