काठमाडौँ । जनता समाजवादी नेपाल (जसपा) बाट सिफारिस भएका तीन जना मन्त्रीको आज सपथ हुने भएको छ।
आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमबार नै सपथ गराउन लागिएको हो।
‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवतः आजै सपथ हुनेछ।’ उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फवाट बुझाएका छन्।
राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जसपा नेपालले आइटी सेल गठन गर्ने