काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बैठकमा वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा पनि हुनेछ।
साथै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अध्यक्ष मात्रै चयन गरेको थियो भने अरु पदाधिकारी चयन भएका थिएनन्।
अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका थिए।महाधिवेशनले केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो। त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन।
पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्न पनि बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
‘प्रचण्ड’द्वारा चोत्लुङ पार्क अवलोकन