मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १६ : २०
मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन

काठमाडाैँ  ।  मधेस प्रदेशमा बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुरस्थित कमला ब्यारेजमा प्रदेशस्तरीय विपद व्यवस्थापनको संयुक्त अभ्यास गरिएको छ। त्यस अभ्यासको अवलोकन गर्न पुगेका मुख्यमन्त्री राउतले विपद प्रतिकार्यका लागि सुरक्षा निकायले गरेको तयारी उत्तम रहेको बताए।विपदका बेला हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरे।

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीबाट जनधनको क्षति न्यूनीकरणका लागि गरिने प्रयासबारे विभिन्न नमुना प्रस्तुत गरेका थिए।उक्त कार्यक्रममा नेपाली सेनाका नं. २७ बाहिनीका बाहिनी पति भरतजंग गुरुङ, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षा निकायका प्रदेशस्थित प्रमुखलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस