प्रचण्डले भने- त्रिशुली जोड्ने बाटोका लागि पहल गर्छु

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १५ : ०३
प्रचण्डले भने- त्रिशुली जोड्ने बाटोका लागि पहल गर्छु

काठमाडाैँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको माछापोखरी हुँदै नुवाकोटको त्रिशूली जोड्ने बाटो मर्मतका लागि पहल गर्ने बताएका छन् । 

वर्षमान पुन अर्थमन्त्री रहेको समयमा आफ्नै पहलमा बाटो निर्माणका लागि बजेट पारिदिए पनि सडक नबनेको भन्दै उनले चिन्ता व्यक्त गरे । नेपाल पर्वतारोहण संघले निर्माण गरेको स्व. प्रकाश दाहालको शालिक अनावरण गर्न ककनी पुगेका प्रचण्डले बाटो निर्माणका लागि फेरि पहल गर्ने बताएका हुन् । 

‘वर्षमान पुन अर्थमन्त्री र पोष्टबहादुर बोगटी ऊर्जामन्त्री रहेको समयमा मैले नै बाटोको लागि बजेटको प्रबन्ध गरिदिएको थिएँ,’ प्रचण्डले भने, ‘ठेकेदारको लापरबाहीका कारण ठेक्का तोडिएछ । फेरि बनाउनका लागि पहल गर्छु ।’

त्रिशूली सडक निर्माणको काम शुरु भएको दशक पुग्न लाग्दा समेत निर्माण सम्पन्न भएको छैन ।

प्रतिक्रिया दिनुहोस