कांग्रेसका उपसभापति धनराज गुरूङ गाडी दुर्घटनामा परेपछि भने, ‘ठूलो दुर्घटनाबाट जोगियो !

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ०९ : ५२
कांग्रेसका उपसभापति धनराज गुरूङ गाडी दुर्घटनामा परेपछि भने, ‘ठूलो दुर्घटनाबाट जोगियो !

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चढेको गाडी दुर्घटनामा परेको छ।

रामेछापको गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो। गाडी सडक छाडेर छेउतर्फ गएको थियो। ढुंगाको ओट लागेर गाडी रोकिएको उपसभापति गुरूङले सेतोपाटीलाई बताए। कच्ची सडकमा गाडी अनियन्त्रित भएको थियो।

‘ठूलो दुर्घटनाबाट जोगियो। बाटो चिप्लो भएका कारण गाडी सडक छेउबाट तल खस्न लागेको थियो। ढुंगाको ओट लाग्यो, हामी सबै जना सकुशल छौं,’ उपसभापति गुरूङले भने, ‘एक्साभेटर बोलाएर गाडी तान्ने तयारी छ।’ ओखलढुंगा गएका उपसभापति गुरूङसहितको टोली काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहोस