चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताएकी छिन ।मेयर दाहालले भरतपुर महानगरपालिकाले प्रति लिटर रु ३ रुपैयाँ दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको बताइन ।
आदर्श पशुपालन तथा दूध खरिद विक्री केन्द्र भरतपुर–८ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन ।कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनलाई प्रथामिकता दिएको जानकारी दिइन ।‘नीतिमा कार्यक्रममा उत्पादनलाई जोड दिएका छौ,‘उनले भनिन्,‘भरतपुरमा ठूला उद्योग कारखाना छैन । त्यस कारण उत्पादन भनेको कृषि नै हो ।’भरतपुर महानगरपालिकाले दूधमा अनुदानका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आएको छ । भरतपुर दूध उत्पादनमा आत्मनिर्भर छ ।
मेयर दाहालले भनिन्,‘कृषकलाई प्रोत्सहान गर्न दूधमा २५ पैसा अनुदान दिन सुरु गरेका थियौ । थोरै रकमबाट भए पनि सुरुवात गरेका थियौ । कृषि त्यो पनि पशुपालनबाट । अहिले पनि अनुदान वृद्धि गर्ने सोच थियो, तर अर्को आगामी आर्थिक वर्षमा पक्का हुन्छ ।’भरतपुरको उत्पादन वृद्धि गर्न आधुनिकिरण, यन्त्रीकिकरण, व्यवसायीकरण गर्ने दिशातर्फ विगत देखि नै केही सुरुवात भइसकेको उनको भनाई थियो ।
यसअघिको कार्यकालमा पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेर सडकको सहज पहुँच पुगेकाले उत्पादनलाई सजिलै बजारीकरण गर्न मद्दत पुगेको मेयर दाहालले बताइन।
पहिला बाटो–घाटा चाहिएको थियो, अहिले राम्रा बाटाहरु बनेका छन्, अब कृषि उत्पादनलाई वृद्धि नगरे आगामी १० वर्षमा भोकमारीको अवस्था आउने मेयर बताइन ।
मेयर दाहालले यस वर्षदेखि कृषि एम्बुलेन्सको सुरुवात गरी दक्ष प्रविधिकले उपकरणसहित महानगरपालिका भित्रका कृषि फर्ममा देखिएको समस्याको समधानका लागि काम हुने जानकारी दिइन ।महानगरले कृषि एम्बुलेन्स सञ्चालन गर्ने यस आर्थिक वर्षमा नीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुुरमा सार्वजनिक सुनुवाई
नारायणी नदी तटबन्धको मेयर दाहालद्वारा अनुगमन
भरतपुरमा सबैले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौ : मेयर दाहाल