काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् ।
त्यसका लागि उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् ।
मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १६ : ५७
लेखकबाट थप