काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री फिर्ता बोलाउने विषय स्थायी समितिको सर्वसम्मति निर्णय भएको जनाएको छ ।
शुक्रबारको पोलिटब्यूरो बैठक जारी रहँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता जीवनराम श्रेष्ठले स्थायी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने विषय टुङ्ग्याइसकेको बताए ।
‘मन्त्री फिर्ता बोलाउने विषयमा स्थायी समितिको बैठकले सर्वसम्मति निर्णय गरिसक्यो,’ उनले भने, ‘स्थायी समितिमा अहिलेका दुई मन्त्रीहरू विरोध खतिवडा र रामकुमारी झाँक्री पनि हुनुहुन्छ, उहाँहरूले पनि सहमति जनाए।’
पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताए । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उनले कार्यान्वयनमा केही ढिलाइ भने भएको उल्लेख गरे।
‘पाँच दलीय गठबन्धनमा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका छ, गठबन्धनमा भए पनि आ–आफ्नै दलका निर्णय हुन्छन् र गठबन्धनको नेतृत्वले त्यसको कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘तर, केही ढिलो भने भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, १५ : ४९
लेखकबाट थप